Skip

Hamro Sanchar

अबदेखि पोखराबाट सिधै दुबई उडान, टिकट बुकिङ खुला

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २८ गते


२८ जेठ, काठमाडौँ । अबदेखि पोखराबाट सिधै दुबई उडान हुने भएको छ।

संयुक्त अरब इमिरेट्स (यूएई)को विमान कम्पनी फ्लाई दुबईले आगामी असोज ७ गतेदेखि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडान गर्ने भएको हो।

विमानस्थल सञ्चालनमा आएको ३ वर्षपछि नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएको हो । नियमित उडान सञ्चालन हुने खबरले पोखराका पर्यटन व्यवसायी उत्साहित बनेका छन्।

दुबईस्थित वायुसेवा कम्पनी फ्लाई दुबईले असोज ७ गतेदेखि दैनिक उडान सञ्चालन गर्ने गरी टिकट बुकिङ खुला गरेको छ।

यसैसाथ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट पहिलोपटक नियमित अन्तर्राष्ट्रिय व्यावसायिक उडान सञ्चालन हुने भएको हो।

 


प्रतिकृया दिनुहोस्