
२५ जेठ, काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायीहरू दीपक भट्ट र सुलभ अग्रवाललाई आठौँपटक म्याद थप गरेको छ ।
न्यायाधीशहरू नारायणप्रसाद पौडेल र उमेश कोइरालाको इजलासले आज थप तीन–तीन दिनका लागि हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।
सम्पत्ति शुद्धीकरण विभागले भट्ट र अग्रवालविरुद्ध सम्पत्ति शुद्धीकरणको कसुरमा विशेष सरकारी वकिल कार्यालमा प्रतिवेदन बुझाइसकेको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बीमासम्बन्धी कसुर र धितोपत्र ऐनसम्बन्धी कसुरमा छुट्टाछुट्टै प्रतिवेदन जिल्ला सरकारी वकिलको कार्यालमा बुझाइसकेको छ । सीआईबीले बैंकिङ कसुरमा अनुसन्धान गरिरहेको छ ।






























