Skip
आज : २०८३ आश्विन १६ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

नेपालले जित्यो एसियन गेम्स छनोटको उपाधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २५ गते


Advertisement

२५ जेठ, काठमाडौं । नेपालले एसियन गेम्स छनोट २०२६ को उपाधि जितेको छ।

जापानमा आगामी सेप्टेम्बरमा हुने एसियन गेम्सको छनोट प्रतियोगिताको फाइनलमा हङकङलाई डिएलएस मेथडमा १९ रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको हो।

प्रतियोगिताको सेमिफाइनलमा पुगेका नेपालसहित हङकङ, मलेसिया र ओमान एसियन गेम्समा छनोट भएका थिए।

सोमबार सिंगापुरमा भएको फाइनलमा हङकङले दिएको १८९ रनको लक्ष्य पछ्याएर नेपालले ब्याटिङ गरिरहदा खेल वर्षाले रोकिएको थियो। ११।३ ओभरमा नेपाल ११४(२ को अवस्थामा थियो।

त्यतिबेला नेपालका कप्तान दीपेन्द्रसिंह ऐरी ४ बलमा ९ रन र रोहितकुमार पौडेल २४ बलमा ३५ रन बनाएर खेलिरहेका थिए। त्यसअघि ओपनर कुशल भुर्तेलले ४० बलमा ८ चौका र ३ छक्काको मद्दतमा ६५ रन जोडेका थिए। आसिफ शेख भने गोल्डेन डक भएका थिए।

त्यसअघि नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको हङकङले ७ विकेटको क्षतिमा १८८ रन जोडेको थियो।

उसका लागि अंशुमन रथले ४५ बलमा ६ चौका र ६ छक्काको मद्दतमा ८० रन तथा शाहिद वासिफले २८ बलमा ७ चौका र ३ छक्काको प्रहार गरेर ५५ रन बनाएका थिए।

बलिङमा नेपालका शेर मल्लले ४ विकेट लिएका थिए भने करण केसीको नाममा २ विकेट रह्यो। ४ ओभरमा ४६ रन खर्चिएका सन्दीप लामिछानेले १ विकेट हात पारेका थिए ।


प्रतिकृया दिनुहोस्