
२१ जेठ, काठमाडौं । काठमाडौंस्थित केन्द्रीय कारागार कार्यालय जगन्नाथदेवलमा रहेका एक जना कैदीलाई होटल लगेर मासु र बियर खुवाएको घटनामा २ जना प्रहरी बर्खास्तीमा परेका छन्।
जेठ १ गते कारागारमा रहेका अनुप भण्डारी नामका कैदीलाई कारागारबाट हतकडीबिना निकालेर होटल लगेको पाइएको थियो। ती कैदीलाई होटलसम्म प्रहरी सहायक हवल्दार होमबहादुर कुँवर र प्रहरी जवान टेकबहादुर विकले लगेको खुलेको छ।
उनीहरू दुवै जनालाई बर्खास्त गरिसकेको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका डिआइजी ओम अधिकारीले जानकारी दिए।
स्रोतका अनुसार कुँवर र विकले भण्डारीलाई होटल लगेर युवतीलाई पनि भेट गराएका थिए।






























