Skip

Hamro Sanchar

एसियन गेम्स क्रिकेट छनोट : कुशलको लगातार दोस्रो शतक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २१ गते


काठमाडौं । नेपालका ओपनर कुशल भुर्तेलले एसियन गेम्स पुरुष क्रिकेट छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा मलेसियाविरुद्ध शतक प्रहार गरेका छन् ।

आज सिंगापुर नेसनल क्रिकेट ग्राउन्डमा कुशलले ४४ बलमा शतक पूरा गरेका हुन् । उनले १० चौका र सात छक्का प्रहार गरे ।

ट्वान्टी–२० अन्तर्राष्ट्रियमा कुशलको यो लगातार दोस्रो तथा समग्रमा तेस्रो शतक हो । उनले यही प्रतियोगितामा चीनविरुद्ध पनि शतक प्रहार गरेका थिए ।

कुशलले पहिलो विकेटका निम्ति आसिफ शेखसँग १३४ रनको साझेदारी गरे । आसिफ ६८ रन बनाएर पभेलियन फर्किएका थिए ।


प्रतिकृया दिनुहोस्