Skip

Hamro Sanchar

एसीसी प्रिमियर कप : नेपालले दियो भुटानलाई ११४ रनको लक्ष्य

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, २१ गते


२१ जेठ, काठमाडौं । नेपालले एसियन क्रिकेट काउन्सिल (एसीसी) महिला प्रिमियर कपमा भुटानसामु ११४ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

आज मलेसियाको कोल्जे टुंगुर जाफर ओभलमा टस हारेर ब्याटिङका निम्ति उत्रिएको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाएर ११३ रन बनाएको हो ।

नेपालकी सीता रानामगरले सर्वाधिक ३७ रनको योगदान गरिन् । रुबिन क्षेत्रीले २४, सोनी पाख्रिनले १३ र सम्झना खड्काले १० रन जोडे ।

भुटानकी छिरिङ जाङ्गमो र सोनामले तीनरतीन विकेट लिए । अन्जु गुरुङले दुई, रित्शी छोडेन र रिया प्रधानले एकरएक विकेट लिए ।

नेपाल लगातार दोस्रो जितको लक्ष्यमा छ । भुटान पहिलो जित चाहन्छ ।

पहिलो खेलमा नेपालले कतारलाई आठ विकेटले हराएको थियो । भुटान हङकङसँग १४ रनले पराजित भएको थियो ।


प्रतिकृया दिनुहोस्