Skip
आज : २०८३ आश्विन १७ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ब्यांग्लोरले जित्यो लगातार दोस्रोपटक आईपीएल उपाधि

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १८ गते


Advertisement

१८ जेठ, काठमाडौं । रोयल च्यालेन्जर्स ब्यांग्लोरले लगातार दोस्रोपटक इन्डियन प्रिमियर लिग (आईपीएल)को उपाधि उचालेको छ।

आइतबार राति भएको फाइनलमा गुजरात टाइटन्सलाई ५ विकेटले पराजित गर्दै ब्यांग्लोरले उपाधि रक्षा गरेको हो।

ब्यांग्लोरले पहिलो क्वालिफायरमा पनि गुजरातलाई ९२ रनले हराएको थियो।

जारी सिजन उत्कृष्ट प्रर्दशन गरेको ब्यांग्लोरको प्रर्दशन फाइनलमा पनि उस्तै रह्यो। गत सिजन १८ वर्षपछि पहिलो पटक उपाधि जितेको बैग्लुरुले यो सिजन सानदार प्रर्दशन गर्दै उपाधि रक्षा गरेको हो।

गुजरातले दिएको १ सय ५६ रनको लक्ष्य ब्यांग्लोर १२ बल अगावै ५ विकेटको क्षतिमा भेट्टायो। बैग्लुरुका लागि विराट कोहली ७५ रनमा अविजित रहे। उनले ४२ बलमा ९ चौका र ३ छक्का प्रहार गरे।

जितेश शर्मा ११ रनमा नटआउट रहे। वैकटेश ऐर ३२ रन बनाउँदा मोहम्मद सिराजको बलमा क्याच आउट हुन पुगे। टिम डेविडले २४ र कप्तान रजत पाटिदारले १५ रन थपे।

त्यसअघि अहमावादस्थित नरेन्द्र मोदी स्टेडीयममा बैग्लुरुले टस जितेर फिल्डिङ रोजेपछि ब्याटिङ गरेको गुजराले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ५५ रनको योगफल तयार पारेको थियो।

गुजरतालका वासिङटन सुन्दर ५० रनमा नटआउट रहे। निशान्त सिन्धुले २०, जस बटलर १९, अर्सद खानले १५ रन थपे। ओपनर साइ सुदर्शन १२ र कप्तान शुभमन गीलले १० रन बनाउँदै पेभेलियन फर्के।

ब्यांग्लोरका रसिक सलामले २ तथा जस हेजलवुड र भुवनेश्वर कुमारले समान २ विकेट लिए। कृनाल पाण्डेले एक विकेट लिए।


प्रतिकृया दिनुहोस्