Skip
आज : २०८३ आश्विन १९ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

ग्यालेक्सी फोरकेलाई काठमाडौं महानगरको १५  दिने  सुचना :  घर खाली गरेर आफ्नो सामान लैजानु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १२ गते


Advertisement

१२ जेठ, काठमाडौँ । काठमाडौँ महानगरपालिकाले ग्यालेक्सी फोरके टिभीको संस्था गोरखा मिडिया नेटवर्कलाई १५ दिनभित्र घर खाली गरेर सामान लैजान सूचना जारी गरेको छ।

टिभीका अध्यक्ष गितेन्द्र बाबु राईलाई घर भाडा तिरेर सामान लैजान १५ दिने सूचना जारी भएको हो ।

काठमाडौँ–३ का मृगेन्द्र प्रसाद मिश्रसमेतले ‘भाडा असुल उपर गरी घर जग्गा खाली गराई पाउँ’ भनेर दिएको निवेदनमा महानगरपालिकाको न्यायिक समितिले २०८१ कात्तिक १४ गते नै घर जग्गाको बहाल रकम र बहाल कर स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४७ बमोजिम प्रतिवादीबाट भराई घरजग्गा समेत खाली गराइदिने निर्णय गरेको थियो ।

यस्तै, २०८२ साउन २८ गते उच्च अदालत पाटनले ९दुई० महिनाभित्र न्यायिक समितिबाट भएको निर्णय कार्यान्वयन गर्न काठमाडौँ महानगरपालिका समेतको नाममा परमादेशको आदेश जारी पनि भएको थियो ।

अदालतको आदेश बमोजिम मिति २०८२ कात्तिक १४ गते महानगरको डोर खटी गई निर्णय कार्यान्वयन गरिएको थियो ।

निर्णय कार्यान्वयन गरेको ६ महिना पूरा भएपछि मिश्रले वैशाख २१ गते फेरि निवेदन दिएपछि १५ दिनभित्र घरधनीलाई बुझाउनुपर्ने बहाल रकम बुझाई आफ्नो सरसमान लैजान सूचना जारी भएको हो ।

 


प्रतिकृया दिनुहोस्