Skip

Hamro Sanchar

गर्मी बढेपछि ३ दिन विद्यालय बिदा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ११ गते


Advertisement

११ जेठ, कञ्चनपुर। कञ्चनपुरको कृष्णपुर नगरपालिकाले विद्यालयमा तीनदिन गर्मी बिदा दिने निर्णय गरेको छ।

नगरपालिकले आजदेखि आगामी बुधबारसम्म तीन दिन बिदा दिने निर्णय गरेको हो।

केही दिनयता पश्चिम तराइमा गर्मी अत्यधिक बढेको छ। पश्चिम तराईका विभिन्न जिल्लाको अधिकतम तापक्रम ४० डिग्री आसपास पुगेको छ।

अत्यधिक गर्मीका कारण विद्यार्थीको स्वास्थ्यमा असर पर्न सक्ने भएकाले स्कुल बन्द गर्ने निर्याय गरिएको हो।

गर्मी बिदाबाट कट्टी हुने गरी विद्यालयमा तीन दिन बिदा दिने निर्णय भएको नगर प्रमुख हेमराज ओझाले जानकारी दिए।

केही दिनयता अत्यधिक गर्मी र तातो हावा लूका कारण पश्चिम तराइको जनजीवन निकै प्रभावित भएको छ। मध्य र पूर्वी नेपालमा भन्दा पश्चिम तराई क्षेत्रमा गर्मी बढेको छ।


प्रतिकृया दिनुहोस्