Skip
आज : २०८३ आश्विन १५ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

चिनियाँ राष्ट्रपति सिको “ग्लोबल साउथ” अवधारणामाथि काठमाडौंमा अन्तर्राष्ट्रिय गोष्ठी

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ९ गते


Advertisement

काठमाडौं । फ्रेण्ड्स अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालले राजधानी काठमाडौंमा चिनियाँ राष्ट्रपति सि जिनफिङको “ग्लोबल साउथ” सम्बन्धी नयाँ अवधारणा तथा चीनको शासन पद्धतिबारे अन्तर्राष्ट्रिय गोष्ठी आयोजना गरेको छ। कार्यक्रममा नेपाल, भारत, चीन, भुटान र बंगलादेशका परराष्ट्र विज्ञ तथा बुद्धिजीवीहरूको सहभागिता रहेको थियो।

गोष्ठीमा सहभागी वक्ताहरूले राष्ट्रपति सि जिनफिङले अघि सारेको विश्वव्यापी शासन अवधारणा, त्यसको प्रभाव, बदलिँदो विश्व शक्ति सन्तुलन तथा विकासशील राष्ट्रहरूको भूमिकाबारे विस्तृत अन्तरक्रिया गरेका थिए।

वक्ताहरूले “ग्लोबल साउथ” अर्थात् विकासशील तथा उदाउँदा राष्ट्रहरूको समूहलाई विश्व विकास र अन्तर्राष्ट्रिय व्यवस्थाको महत्वपूर्ण शक्तिका रूपमा प्रस्तुत गरिएको उल्लेख गर्दै सिको अवधारणाले विकासशील मुलुकहरूको आवाजलाई विश्वमञ्चमा थप सशक्त बनाउन खोजेको धारणा व्यक्त गरे।

उनीहरूले विश्व शासन प्रणालीमा सबै राष्ट्रले समान अधिकार र अवसर पाउनुपर्ने, कुनै पनि देशलाई विकासको अधिकारबाट वञ्चित गर्न नहुने तथा बहुध्रुवीय विश्व व्यवस्थालाई सुदृढ बनाउन “ग्लोबल साउथ” अवधारणाले महत्वपूर्ण भूमिका खेल्ने बताए।

कार्यक्रममा आयोजक संस्था फ्रेण्ड्स अन दि क्लाउडः प्लेटफर्म अफ इन्फ्लुएन्स नेपालका अध्यक्ष शोभित उप्रेती, कार्यक्रम संयोजक मनिषा श्रेष्ठ, अर्थशास्त्री डा. सुदन ओली, भुटानका पूर्वमन्त्री कर्मा दोर्जी, बंगलादेशका नेता डा. बेलाल होसिन तथा भारतका विदेश मामिला विज्ञ एवं प्राध्यापक डा. रेणु राणालगायतले आ–आफ्ना धारणा राखेका थिए।

वक्ताहरूले सहकार्य, समावेशिता र साझा विकासमार्फत विश्व शान्ति र समृद्धिको लक्ष्य हासिल गर्न विकासशील राष्ट्रहरूबीच एकता आवश्यक रहेकोमा जोड दिएका थिए।


प्रतिकृया दिनुहोस्