Skip

Hamro Sanchar

कक्षा ११ को पठनपाठन असार १ बाट सुरु गर्न निर्देशन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ६ गते


६ जेठ, काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले कक्षा ११ को पठनपाठन आगामी असार १ गतेबाट गर्न गराउन निर्देशन दिएको छ।

मन्त्रालयले शैक्षिकसत्र २०८२ को माध्यमिक शिक्षा परीक्षा ९एसईई० को नतिजा प्रकाशन भइसकेको सन्दर्भमा कक्षा ११ को पठनपाठन सञ्चालनका लागि समय निर्धारण गरेको हो।

मन्त्रालयको निर्णयबारे शिक्षा, तथा मानवस्रोत विकास केन्द्रले शिक्षा विकास तथा समन्वय एकाइलाई पत्राचार गरी आज जानकारी गराएको छ ।


प्रतिकृया दिनुहोस्