
काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिका वडा नम्बर-६ मा रहेको गणेश हिमाल माध्यमिक विद्यालयका विद्यार्थीहरूले यस वर्षको एसइई परीक्षामा उत्कृष्ट नतिजा हासिल गरेका छन्। विद्यालयले सार्वजनिक गरेको नतिजाअनुसार संस्कृति भण्डारी र सफलता बिसुंखेले ४ जिपिए ल्याएका छन्।
विद्यालयका अनुसार कुल ४२ जना विद्यार्थीमध्ये ४ जिपिए र अधिकांश विद्यार्थीले उच्च जीपीए ल्याउँदै ‘ए प्लस’ ग्रेड प्राप्त गरेका हुन्।
रक्षा न्यौपाने ३.९५, सोभालक्ष्मी भारती ३.९१, जस्टिना खड्का ३.८५, गोपाल भुर्तेल ३.८३, अंशु अधिकारी ३.८३ जिपिए, कुशल कार्की ३.८३, आशिस सिम्खडा ३.८२, सन्जु चौलागाई ३.८२, सशी तामाङ मोक्तान ३.८२, सफलता खड्का ३.८२, दिक्षान्त चौलागाईले ३.८२ जिपिएसहित उत्कृष्ट नतिजा ल्याएका छन्।
विद्यालयका अनुसार अधिकांश विद्यार्थीले ३.५० भन्दा माथिको जीपीए ल्याएका छन् भने धेरै विद्यार्थी ‘ए प्लस’ ग्रेडमा उत्तीर्ण भएका छन्। विद्यालय प्रशासनले विद्यार्थी, शिक्षक र अभिभावकको मेहनत तथा सहकार्यका कारण उत्कृष्ट नतिजा सम्भव भएको जनाएको छ।
विद्यालय व्यवस्थापन समितिले सफल सम्पूर्ण विद्यार्थीलाई बधाई ज्ञापन गर्दै आगामी शैक्षिक यात्राका लागि शुभकामना व्यक्त गरेको छ। स्थानीय अभिभावक तथा समुदायले पनि विद्यालयको नतिजाप्रति खुशी व्यक्त गरेका छन्।
विद्यालयका संचालक दिनेश नेपालले विद्यालयले निरन्तर रूपमौ उत्कृष्ट नतिजा ल्याउँदै आएकोमा यसपटक झनै उत्साहजनक नतिजा दिन सफल भएको बताए । उनले उत्तीर्ण विद्यार्थीहरूलाई शुभकामना दिँदै अब आगामी शैक्षिक यात्रामा सही विषय र उपयुक्त शिक्षण संस्था छान्न सुझाव दिए।
यस्तै विद्यालयका प्रधानाध्यापक पुस्कर नेपालले गणेश हिमाल अभिभावकको मन जित्दै आएको विद्यालय रहेको र शिक्षाको गुणस्तर तथा शैक्षिक वातावरणमा कुनै सम्झौता नगर्ने गरेको दाबी गरे।












