Skip

Hamro Sanchar

बडिमालिका दर्शन गर्न गएका लेखा अधिकृतको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, ३ गते


३ जेठ, बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बडिमालिकाको दर्शन गर्न गएका एक तीर्थयात्रीको शनिबार मृत्यु भएको छ ।

मृत्यु हुनेमा भैरहवा घर भई हाल राष्ट्रिय सतर्कता केन्द्र काठमाडौंमा कार्यरत लेखा अधिकृत ५५ वर्षीय विश्वराज पन्थी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी निरीक्षक नरेशबहादुर शाहीले जानकारी दिए ।

उनका अनुसार दर्शनका लागि बडिमालिका जाने क्रममा खारेको जंगलमा एक्कासी बेहोस भएपछि तीर्थयात्रा गएको टोलीले जिल्ला अस्पताल बाजुरा ल्याएको थियो । तर, चिकित्सकले मृत घोषणा गरेका थिए ।

मृतक पन्थीसहित राष्ट्रिय सतर्कता केन्द्रका लेखा समूह उपसचिव शिवहरि न्यौपाने, शाखा अधिकृत जीवन घिमिरे र लेखापाल उमेश शर्मा बडीमालिका दर्शनका लागि तीर्थयात्रामा गएका प्रहरीले जनाएको छ ।

चारजनामध्ये पन्थीलाई लेक लागेर एक्कासी बेहोस भएका कारण उपचारका ल्याए पनि चिकित्सकले मृत घोषणा गरेको प्रवक्ता शाहीले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्