Skip

Hamro Sanchar

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति पाण्डेलाई छाड्न आदेश

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


१ जेठ, काठमाडौं । सर्वोच्च अदालतले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सीईओ ज्योति पाण्डेलाई हाजिर जमानीमा छाड्न आदेश दिएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय शारंगा सुवेदी र शान्तिसिंह थापाको संयुक्त इजलासले आज पाण्डेको हकमा बन्दी प्रत्यक्षीकरणको रिट जारी गरेको हो ।

तर, सर्वोच्चले पाण्डे विदेश जान परे अदालतको अनुमति लिनुपर्ने सर्त आदेशमा राखेको छ ।

‘स्मार्ट सेल’को सम्पत्ति लिलामी प्रकरणमा पाण्डे पक्राउ परेका थिए । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले गएको असोज ३ गते अवैध रूपमा लिलामीको सूचना निकालेको आरोप उनीविरुद्ध लागेको थियो ।

सर्वोच्चले बन्दीप्रत्यक्षकरण आदेश दिएपछि पाण्डे छुट्ने प्रक्रियामा रहेको उनका कानुन व्यवसायीले जानकारी दिएका छन् । उनी छुटे पनि प्रहरी अनुस न्धानमा भने शुक्रबारको आदेशले बाधा पर्ने छैन ।


प्रतिकृया दिनुहोस्