Skip

Hamro Sanchar

दलित आयोगका सदस्य टुञ्जे कामीले दिए राजीनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


१ जेठ, काठमाडौं । राष्ट्रिय दलित आयोगका सदस्य टुञ्जे कामीले पदबाट राजीनामा दिएका छन् ।

उनले आजदेखि नै लागू हुने गरी राजीनामा दिएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यले जानकारी दिए ।

नेपालको संविधानको धारा २५५ को उपधारा (४)को (क) बमोजिम आजदेखि लागू हुने गरी उनले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष राजीनामा दिएको शाक्यले जानकारी दिए ।


प्रतिकृया दिनुहोस्