Skip

Hamro Sanchar

मकैबारीमा मृत गैँडा भेटियो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ जेठ, १ गते


१ जेठ, नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) कावासोती नगरपालिका–१ लोकहा स्याउलीमा एउटा भाले गैँडा मृत फेला परेको छ ।

स्थानीय भीमबहादुर दर्जीको मकैबारीमा आज बिहान गैँडा मृत फेला परेको डिभिजन वन कार्यालय नवलपुरका प्रमुख विष्णुप्रसाद अधिकारीले बताए ।

उनका अनुसार वयस्क गैँडा मरेको हो । खाग र खुर सुरक्षित राखिएको छ । शरीरमा चोटपटक नदेखिएकाले गैँडाको मृत्युको कारण खुल्न सकेको छैन । यस सम्बन्धमा अनुसन्धान भइरहेको छ ।


प्रतिकृया दिनुहोस्