Skip

Hamro Sanchar

अर्घाखाँचीमा बस दुर्घटना हुँदा ४ जनाको मृत्यु

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २९ गते


२९ बैशाख, काठमाडौं । अर्घाखाँचीमा यात्रुवाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या ४ पुगेको छ ।
दुर्घटनामा २६ जना घाइते भएका छन् ।

पाणिनी गाउँपालिका–८, कोल्डाँडास्थित भित्रि सडकखण्डमा भएको बस दुर्घटनामा गम्भीर घाइते भएका चार जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक झलक शर्माले जानकारी दिए ।

पर्वतको मोदी गाउँपालिकाबाट अर्घाखाँचीको सुपादेउराली दर्शनका लागि रिर्जवमा आएको ध १ ख ५०४ नम्बरको बस मंगलबार दिउँसो सुपादेउरालीबाट पर्वततर्फ फर्किने क्रममा दुर्घटनामा परेको हो ।

दुर्घटनाग्रस्त बस सडकबाट करिब १२० मिटर तल खसेको छ । घाइते सबैको उद्धार गरी पाल्पाको तानसेनस्थित मिसन अस्पताल र अर्घाखाँची जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिकृया दिनुहोस्