
२८ बैशाख, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो लागेको छ ।
इस्तानबुलबाट आज बिहान काठमाडौँ आएको टीके७२६ कल साइनको जहाज ल्याण्ड हुँदा एक्कासी चक्कामा आगो लागेको हो ।
विमानस्थल सुरक्षा कार्यालयका एसपी राजकुमार सिलवालका अनुसार घटनालगत्तै दमकल पुगेर आगोलाई नियन्त्रणमा लिइएको थियो ।
सबै यात्रु सुरक्षित रहेको जनाइएको छ।













