Skip

Hamro Sanchar

दार्चुलामा गयो भुकम्प

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २७ गते


काठमाडौँ । सुदूरपश्चिम प्रदेशको दार्चुला जिल्लामा भूकम्पको गएको छ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ११:५५ बजे भूकम्प गएको हो।

दार्चुला जिल्लाको तपोवन आसपास केन्द्रबिन्दु भएर ४.१ स्थानीय म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ।

भूकम्पको धक्का दार्चुला र आसपासका जिल्लाहरूमा समेत महसुस गरिएको थियो। यसबाट भएको क्षतिको विवरण भने तत्काल प्राप्त हुन सकेको छैन।


प्रतिकृया दिनुहोस्