Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सुदनपछि कुलमानलाई भित्र्याउदैछन हर्क ? भन्छन् : डाह गर्नेहरू ढल्छन् होला, डाह र ईष्याले

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २६ गते


Advertisement

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङको नजर उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङमा परेको छ ।

माओवादी पृष्ठभूमिका नेता एवं पूर्वमन्त्री सुदन किराँतीलाई शुक्रबार श्रम संस्कृतिमा समाहित गराएका साम्पाङले पूर्वमन्त्री घिसिङलाई पनि आफ्नो पार्टीमा ल्याउने दाबी गरेका छन् ।

किराँतीलाई आफ्नो पार्टीमा भित्र्याएकै दिन ‘अब कुलमानजीलाई पनि श्रम संस्कृतिमै ल्याउने’ घोषणा गरेका उनले त्यो दिन डाह गर्नेहरू भुतुक्क हुने टिप्पणी गरेका छन्।

सांसदसमेत रहेका साम्पाङले शनिबार बिहान फेसबुकमा लेखेका छन्, ‘सुदनजीलाई श्रम संस्कृतिमा स्वागत गर्दा डाह गर्नेहरू कुलमानजीलाई ल्याएको दिन ढल्छन् होला डाह र ईष्याले।


प्रतिकृया दिनुहोस्