
२५ बैशाख , काठमाडौं । विभिन्न ८ वटा विश्वविद्यालयमा रिक्त उपकुलपति पदमा नियुक्तिका लागि आवेदन आह्वान गरिएको छ।
उपकुलपति छनोट तथा सिफारिस समितिले आज सूचना जारी गरी ८ उपकुलपति पदमा दरखास्त मागेको हो।
त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, पोखरा विश्वविद्यालय, लुम्बिनी बौद्ध विश्वविद्यालय, कृषि तथा वन विज्ञान विश्वविद्यालय, मध्यमपश्चिम विश्वविद्यालय, सुदूरपश्चिम विश्वविद्यालय र राजर्षि जनक विश्वविद्यालयका लागि उपकुलपति चाहिएको हो।
इच्छुक र योग्य उम्मेदवारले आज वैशाख २५ देखि १० दिनभित्र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको वेबसाइटमा राखिएको लिंकमा गएर दरखास्त दिन सक्ने सूचनामा उल्लेख गरिएको छ।
रिक्त उपकुलपति पदका लागि नाम सिफारिस गर्न गठित नाम छनोट तथा सिफारिस समितिले यही वैशाख २४ गते एकीकृत कार्यविधि स्वीकृत गरेको थियो।
सरकारले जारी गरेको अध्यादेशका कारण ती विश्वविद्यालयका पदाधिकारी स्वतस् पदबाट बर्खास्त भएका थिए।













