Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गुणाकर भट्टले धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिबाट दिए राजिनामा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २४ गते


Advertisement

२४ बैशाख, काठमाडौं । गुणाकर भट्टले नेपाल धितोपत्र बोर्ड अध्यक्ष सिफारिस समितिको संयोजकबाट राजीनामा दिएका छन्।

आफ्नै दाजुको समेत आवेदन परेपछि स्वार्थ नबाझियोस् भनेर उनले राजीनामा दिएको मन्त्रालयले जानकारी दिएको छ।

सरकारले सन्तोषनारायण श्रेष्ठको राजीनामापछि रिक्त पदपूर्तिका लागि राष्ट्रिय योजना आयोगका उपाध्यक्ष रहेका भट्टको संयोजकत्वमा समिति बनाएको थियो।

सोसँगै इच्छुक र योग्यता पुगेका व्यक्तिबाट आवेदन माग गरिएको थियो। आफ्नै दाजु नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक गोपाल भट्टले समेत आवेदन दिएपछि गुणाकरले राजीनामा दिएका हुन्।

बोर्ड अध्यक्ष बन्न ४७ जनाले आवेदन दिएका छन्। यही वैशाख १५ मा पदपूर्तिका लागि ७ दिनको म्याद दिएर आवेदन खुलेको थियो ।


प्रतिकृया दिनुहोस्