Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

एकै पटक ११ सहसचिवको सरुवा को-कहाँ पठाइए ?

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, २३ गते


Advertisement

२३ बैशाख, काठमाडौं । सरकारले एकै पटक ११ जना सहसचिवको सरुवा गरेको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार सोमबार बसेको मन्त्रिपरिषद बैठकले सहसचिवहरुको सरुवा गरेको हो।

सञ्चार मन्त्रालयका सहसचिव आदेश खड्कालाई प्रधानमन्त्री कार्यालय लगिएको छ। अर्थमन्त्रालयका रामदत्त भट्टलाई सञ्चारमा तानिएको छ।

यसैगरी प्रधानमन्त्री कार्यालयका अनिल कुमार दत्तलाई सञ्चारमा पुर्‍याइएको छ। सञ्चारकै चन्द्र शाहलाई अर्थमन्त्रालय वा सो अन्तर्गत रहने गरी सरुवा गरिएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सहसचिव मुकेश रेग्मीलाई विद्युतीय सुशासन आयोगमा सरुवा गरिएको छ।

सरूवाको सूची


प्रतिकृया दिनुहोस्