Skip

Hamro Sanchar

सिटौलालाई हटाएर कांग्रेसले कमला पन्त लाई बनायो राष्ट्रिय सभा दलको नेता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


१६ वैशाख, काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रिय सभा दलको नेतामा कमला पन्तलाई मनोनीत गरेको छ ।

उनलाई प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले राष्ट्रिय सभा दलको नेतामा मनोनीत गरेका हुन् ।

यसअघि राष्ट्रिय सभा दलको नेतामा कृष्ण सिटौला थिए । आङ्देम्बेले उनलाई हटाएर पन्तलाई मनोनयन गरेको कांग्रेस संसदीय दलको कार्यालयले जानकारी दिएको छ ।

कांग्रेस विधानमा प्रतिनिधिसभा दलको नेताले राष्ट्रिय सभा दलको नेता मनोनयन गर्ने व्यवस्था छ ।
सिटौला कांग्रेसमा शेरबहादुर देउवा समूहका हुन् । पन्त भने गगन थापा समूहकी हुन् । उनी विशेष महाधिवेशनको पक्षमा समेत खुलेकी थिइन् ।


प्रतिकृया दिनुहोस्