Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

सांसदलाई रविको निर्देशन : आफैं ले आफैंलाई माननीय सम्बोधन नगर्नू

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


Advertisement

१६ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले कुनै पनि कागजातमा माननीय सम्बोधन नगर्न सांसदलाई निर्देशन दिएका छन्।

आज सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा भएका अनौपचारिक छलफलमा सभापति लामिछानेले सांसदलाई निर्देशन दिएका हुन्।

उनले सबै सांसदको लेटर हेड र कार्ड लगायतको कागजातमा एक रूपता अपनाउन र आफ्नो कुनै कागजातमा माननीय सम्बोधन नगर्न निर्देशन दिएका छन्।

त्यस्तै, सभापति लामिछानेले सांसदलाई मेन्टर र सल्लाहकारको अभ्यास गर्न र सके जति सल्लाह र सुझाव लिन सुझाएका छन्। अझै धेरै कुरा सिक्न बाँकी रहेको उनको भनाइ थियो।

त्यस्तै, आउँदो स्थानीय तहको निर्वाचनका लागि कसैसँग पनि टिकटको कुरा नगर्न भनेका छन्।


प्रतिकृया दिनुहोस्