
१६ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले विपक्षि दलहरूको बैठक बोलाएको छ ।
बालेन सरकारले संघीय संसद् छलेर संवैधानिक परिषद् र सहकारीसम्बन्धी अध्यादेश ल्याएको विषयमा छलफल गर्न बैठक बस्न लागिएको हो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङ्देम्बेले आज मध्याह्न १२ बजे सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा उक्त बैठक डाकेका हुन् ।
बैठकमा संसद् अधिवेशन अन्त्य गरी अध्यादेशमार्फत राज्य सञ्चालन गर्न खोजेको भन्दै सरकारको कदमप्रति साझा धारणा तय गर्ने र प्रतिवादको रणनीति बनाउने विषयमा केन्द्रित रहेर छलफल हुने बताइएको छ ।
उक्त बैठकमा नेकपा (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेताहरूलाई आमन्त्रण गरिएको छ ।














