Skip

Hamro Sanchar

रास्वपाकै सांसदले भने : संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी होइन

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १६ गते


१६ बैशाख, काठमाडौं । संसद् अधिवेशन ल्याएपछि बलेन्द्र शाह नेतृत्वको सरकार चौतर्फी घेराबन्दीमा परेको छ ।

सरकारको यो कदमको बिपक्षी मात्रै नभएर सत्ता पक्षकै सांसदले पनि बिरोध गरेका छन् ।

यसै क्रममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद गणेश कार्कीले संसद् अधिवेशन रोकेर अध्यादेश ल्याउनु बहादुरी नभएको बताएका छन् ।

आज सामाजिक सञ्जालमा स्टाटस राख्दै सांसद कार्कीले यस्तो बताएका हुन् ।

झन्डै दुईतिहाइ ल्याएको पार्टीको लागि अधिवेशन रोकेर अध्यादेश ल्याउनु पर्ने अवस्था हुनु ‘बाध्यता’ हो कि अरूनै भन्ने पछि खुल्ला तर यो बहादुरी भने होइन, उनले सामाजिक सञ्जालमा लेखेका छन् ।

अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै आउनेमा उनले जोड दिए ।

अध्यादेश सधैँ संविधानले दिएको अधिकार र विधि प्रयोग गर्दै नै आउने हो तर यसपटक पनि अध्यादेशको सिफारिस संविधानको हुबहु अक्षरमा आधारित छ, संविधानको मर्ममा होइन,उनले भनाइ छ, संविधान अक्षरले बाँच्ने दस्ताबेज होइन, मर्मको पालनाले जीवन्त रहने हो । संविधानका अक्षरले संविधानको मर्मलाई सीमित नगरोस् ।

उनले विपक्षी दलले यस्तै बेलामा अध्यादेश ल्याउँदा आफूले उठाएका प्रश्नहरूको स्मरण गराए ।

 


प्रतिकृया दिनुहोस्