Skip

Hamro Sanchar

बहुमत छँदाछँदै अध्यादेशको सहारा, आफ्नै सांसदलाई विश्वास गर्न नसक्ने सरकार कायर हो : प्रदीप पौडेल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १५ गते


१५ बैशाख, काठमाडौ। नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारको अध्यादेश मोहप्रति गम्भीर आपत्ति जनाउँदै यसलाई लोकतन्त्र र संसदीय पद्धतिमाथिको उपहासको संज्ञा दिएका छन्।

आफ्नो फेसबुक स्टेटस मार्फत पौडेलले सरकारको नियतमाथि प्रश्न उठाउँदै लोकतान्त्रिक मूल्य र जनमतप्रतिको गैरजिम्मेवारीपनको कडा आलोचना गरेका हुन्।

पौडेलले आफ्नो स्टेटस मा उल्लेख गरेका छन्, ूअध्यादेश जारी गर्ने सरकारको नियतका सम्बन्धमा हामीले यसअघि नै आफ्नो स्पष्ट धारणा सार्वजनिक गरिसकेका थियौं।

सरकारको हठ लोकतान्त्रिक मूल्य(मान्यता माथिको प्रहार र जनमतप्रतिको चरम गैरजिम्मेवारी
भएको उनको भनाइ छ ।

।ूउनले सरकारको कार्यशैलीमाथि प्रश्न गर्दै भनेका छन्, ूस्पष्ट बहुमतको गणितिय सुविधा हुँदाहुँदै पनि आफ्नै सांसदलाई समेत विश्वास गर्न नसक्ने र अध्यादेशको सहारा लिनुपर्ने कस्तो बाध्यात्मक परिस्थिति आइलाग्योरुू

पौडेलले संसदीय सर्वोच्चतालाई लत्याएर अध्यादेशमार्फत शासन चलाउने प्रवृत्तिलाई विधिको शासनमाथिको उपहास र जनताको अपमान मात्र नभई, सरकार आफ्नै दलका निर्वाचित प्रतिनिधिहरूप्रति समेत अनुत्तरदायी छ भन्ने पुष्टि भएको बताएका छन्।

नेता पौडेलले सरकारलाई लोकतन्त्रमा विधि र प्रक्रियाभन्दा माथि कोही हुन सक्दैन भन्ने तथ्य स्मरण गर्न आग्रह गर्दै संसदीय जवाफदेहितालाई पूर्ण रूपमा पारदर्शी बनाउनुपर्नेमा जोड दिएका छन्।

उनले तत्काल अध्यादेश फिर्ता लिएर, अविलम्ब संसद आह्वान गरी जननिर्वाचित संस्थाको गरिमामय प्रक्रियामार्फत मात्र अघि बढ्न सरकारलाई आग्रह गरेका छन्।

 


प्रतिकृया दिनुहोस्