
१५ बैशाख, काठमाडौं । नेपाली कांग्रेस पुर्व सभापति बहादुर देउवा समुहले पार्टीलाई एकताबद्ध बनाउने पहल सभापतिले नै गर्नुपर्नेमा जोड दिएका छन् ।
नेपाली कांग्रेसका नेता पूर्णबहादुर खड्काले राखेको भेलामा बोल्दै नेताहरुले पार्टीलाई एकताबद्ध बनाउने पहलको सुरुवात सभापति गगन थापाले नै गर्नुपर्छ भन्ने आशय व्यक्त गरेका हुन् ।
अहिले नेताहरूले बोल्ने क्रम जारी छ। नेता खड्काको ब्रिफिङपछि अहिले नेताहरूले धारणा राख्ने क्रम चलिरहेको छ।
भेलामा पूर्वसभापति शेरबहादुर देउवानिकट निवर्तमान केन्द्रीय सदस्य, प्रदेशका सभापति, जिल्ला सभापति, क्षेत्रीय सभापति, भातृ सङ्गठनका प्रमुखहरू सहभागी छन्।
बैठकमा सर्वोच्च अदालतले निर्णय मान्ने भनेपछि पार्टीलाई एकताबद्ध बनाएर लैजाने विषयमा छलफल भइरहेको नेता रामहरि खतिवडाले बताए।














