Skip

Hamro Sanchar

भीष्मराज आङ्देम्बे बने कांग्रेस संसदीय दलको नेता

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको नेतामा भीष्मराज आङ्देम्बे सर्वसम्मत चयन भएका छन् ।

आज सिंहदरबारमा बसेको पार्टी संसदीय दलको बैठकबाट सर्वसम्मत रूपमा आङदेम्बेलाई दलको नेता चयन गरिएको निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले जानकारी दिए ।

सोमबारै यसअघि बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट दलको नेता आङ्देम्बेलाई बनाउने विषयमा सहमति जुटाइएको थियो ।

त्यसअघि, उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा गठित कार्यदलले तीन दिन लगाएर सर्वसम्मतको कसरत गरेको थियो ।


प्रतिकृया दिनुहोस्