Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

कांग्रेस प्रमुख सचेतक बासना थापा, सचेतकमा निश्कल राई नियुक्त

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


Advertisement

१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले बासना थापालाई संसदीय दलको प्रमुख सचेतक बनाएको छ।

सोमबार बसेको संसदीय दलको बैठकले थापालाई प्रमुख सचेतक चयन गरेको हो।

यस्तै, निश्कल राईले सचेतकको जिम्मेवारी पाएका छन्।

बासना दैलेख क्षेत्र नम्बर–१ बाट निर्वाचित सांसद हुन् भने निश्कल इलाम–१ बाट निर्वाचित हुन्।

आजै बसेको संसदीय दलको बैठकले भीष्मराज आङ्देम्बेलाई संसदीय दलको नेता चयन गरेको छ।

संसदीय दलको प्रमुख सचेतक र सचेतकमा कांग्रेसले युवा नेतृत्व चयन गरेको हो ।


प्रतिकृया दिनुहोस्