
१४ बैशाख, काठमाडौं । भीष्मराज आङ्देम्बे नेपाली कांग्रेस संसदीय दलको नेता बन्ने भएका छन ।
संसदीय दलको नेता सर्वसम्मतिमा टुंगो लगाउन पार्टी केन्द्रीय कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा कार्यदल गठन गरिएको थियो ।
गएको शुक्रबार (वैशाख ११) गठित कार्यदलले आङ्देम्बेकै नाममा निर्णय गर्दा पार्टी एकताको सन्देश जाने निष्कर्ष निकालेको हो ।
आङ्देम्बेलाई संसदीय दलको नेता बनाउने सहमति जुटिसकेको कार्यदलमा रहेका एक पदाधिकारीले जानकारी दिए ।
आङ्देम्बे समानुपातिकतर्फबाट सांसद निर्वाचित भएका हुन् । सर्वसम्मत रूपमा पाएमा संसदीय दलको नेता बन्न अर्जुननरसिंह केसीले पनि इच्छा राखेका थिए । केसी र आङ्देम्बे दुवै समानुपातिकतर्फबाट निर्वाचित र पूर्वसहमहामन्त्री हुन् ।













