Skip

Hamro Sanchar

आज एकै दिन बस्दैछ कांग्रेस कार्यसम्पादन र अनुशासन समितिको बैठक

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १४ गते


१४ बैशाख, काठमाडौं । नेपाली कांग्रेस कार्यसम्पादन र केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दै छ ।

कार्यसम्पादन समितिको बैठक बिहान ११ बजे केन्द्रीय कार्यालय सानेपामा बस्ने गरी आह्वान गरिएको पार्टीका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।

बैठकमा समसामयिक राजनीतिकलगायत विषयमा छलफल गरिने दुलालले बताए ।

त्यस्तै, दिउँसो २ बजे बस्ने गरी केन्द्रीय अनुशासन समितिको बैठक आह्वान गरिएको समितिका सचिव दिनेश थापामगरले जानकारी दिए ।

पार्टी केन्द्रीय कार्यालय सानेपामै बस्ने बैठकमा पछिल्लो समय स्पष्टीकरण मागिएका नेताहरूका डकुमेन्टलगायत विषयमा छलफल गरिनेछ ।

आफूहरूले पूर्वउपसभापति पूर्णबहादुर खड्कालाई स्पष्टीकरण सोधेको विषयका पत्रहरू कार्यसम्पादन समितिमा बुझाइसकेको समितिका सभापति तारामान गुरुङले जानकारी दिए


प्रतिकृया दिनुहोस्