Skip

Hamro Sanchar

हर्क साम्पाङकाे कटाक्ष :  चुनाव अघि चुपचाप घण्टी छाप, पछि चुपचाप सामान बोकेर टाप!

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १२ गते


१२ बैशाख, काठमाडौँ । प्रतिनिधि सभा सदस्य हर्क साम्पाङले वर्तमान सरकार र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को कडा आलोचना गरेका छन्।

थापाथलीस्थित सुकुम्बासी बस्तीमा डोजर चलाइएको र सुरक्षाकर्मी परिचालन गरिएको घटनालाई लिएर साम्पाङले सामाजिक सञ्जालमार्फत सरकारको नियतमाथि गम्भीर प्रश्न उठाएका हुन्।

ओलीको नयाँ भर्सनू र राज्यको दमनमेयर साम्पाङले वर्तमान सरकारलाई नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीको निरन्तरता भन्दै ओलीको नयाँ भर्सनको संज्ञा दिएका छन्।

उनले सुकुम्बासी बस्तीमा सुरक्षाकर्मीको प्रयोगलाई राज्यको दादागिरीको रूपमा चित्रण गरेका छन्। साम्पाङले लेखेका छन्, राज्यको दादागिरी लठ्ठी, बुट र बन्दुक ! धन्यवाद

साथै साम्पाङले राष्ट्रियताको मुद्दा उठाउँदै सरकारको दोहोरो मापदण्डको आलोचना गरेका छन्।

भारतले महाकाली नदीमा गरिरहेको भनिएको अतिक्रमण रोक्न सरकारले कुनै पहल नगरेको तर आफ्नै देशका गरिब नागरिकलाई भने उठिबास लगाएको उनको आरोप छ।

उनले सरकारलाई व्यङ्ग्य गर्दै घर साँढे वन बिरालोू को उपमा दिएका छन्।महाकाली नदीमा भारतले गरेको अतिक्रमण रोक्नलाई के पहल गर्‍योरु कि सुकुम्बासी बस्तीमै आफ्नो दादागिरी सीमित गर्‍यो ?  साम्पाङले प्रश्न गरेका छन्।

साम्पाङको निशानामा यसपटक राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा)पनि परेको छ।

निर्वाचनका बेला सुकुम्बासीलाई संरक्षण गर्ने आश्वासन दिएर भोट मागेको तर अहिले सत्तामा पुगेपछि उनीहरूकै सामान बोकाएर लखेटेको भन्दै उनले आक्रोश पोखेका छन्।

उनले लेखेका छन्, चुनाव अघि र चुनावको दिन चुपचाप घण्टी छाप ! चुनाव पछि अब चुपचाप सामान बोकेर टाप! सामाजिक सञ्जालमा बहसथापाथलीमा सुकुम्बासी बस्ती हटाउने क्रममा भएको झडप र सुरक्षाकर्मीको बाक्लो उपस्थितिले अहिले देशभर चर्चा पाएको छ।

 

 

 

 


प्रतिकृया दिनुहोस्