Skip
आज : २०८३ आश्विन २० गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गैरीगाउँको सुकुम्बासी बस्तीमा पनि चले डोजर

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १२ गते


Advertisement

१२ बैशाख, काठमाडौँ । काठमाडौँ महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्ती खाली गरिएको छ।

गैरीगाउँमा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा हटाइएको हो।

उक्त टोली सिनामङ्गलस्थित सुकुम्बासी बस्ती हटाउनका लागि त्यसतर्फ गएको छ।

नेपाल सरकारको निर्देशनअनुसार अतिक्रमण गरी निर्माण गरिएका संरचना तथा बस्ती भत्काउने अभियान शनिबार बिहानदेखि तीव्र बनाइएको हो।

शनिबार दिउँसोदेखि सुरु गरिएको उक्त अभियानमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा काठमाडौँ महानगर प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ।

सुरक्षाकर्मीहरूको उल्लेख्य उपस्थितिमा गैरीगाउँमा रहेका बस्तीका अस्थायी तथा स्थायी संरचना हटाएर अहिले सिनामंगलस्थित सुकुम्बासी बस्तीका घर भत्काउन सुरु गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवनकुमार भट्टराईले जानकारी दिए।

उनले भने, ‘गैरीगाउँमा भएका बस्ती हटाएर अब टोली सिनामङ्गलस्थित सुकुमबासी बस्ती हटाउन खटिएको छ।’

 

 


प्रतिकृया दिनुहोस्