
१२ बैशाख, काठमाडौं । काठमाडौंको थापाथलीस्थित सुकुम्वासी बस्ती भत्काइसकेको काठमाडौं महानगरको नगरप्रहरी केही समयमा गैरीगाउँतर्फ जाने तयारीमा छ ।
“अबको केही समयमै हाम्रो टोली गैरीगाउँतिर मुभ हुँदै छ,” नगरप्रहरी प्रमुख विष्णु जोशीले भने, “हाम्रो टोलीले गैरीगाउँको सुकुम्वासी बस्ती पनि आजै खाली गर्नेछ ।”
बिहान साढे ८ बजेबाट थापाथलीस्थित सुकुम्वासी बस्तीमा महानगरको नगरप्रहरीले डोजर चलाउन सुरु गरेको थियो ।













