Skip

Hamro Sanchar

वास्तविक सुकुमवासी पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गरियोस् : उज्यालो नेपाल

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १२ गते


१२ बैशाख, काठमाडौं । उज्यालो नेपाल पार्टीले काठमाडौँ उपत्यकाको नदी किनारबाट हटाइएका नागरिकमध्ये वास्तविक सुकुमवासी पहिचान गरी उनीहरूको उचित र दीर्घकालिन व्यवस्थापन गर्न सरकारसँग माग गरेको छ।

आज बिहान विज्ञप्ति जारी गरी उज्यालो नेपाल पार्टीले भनेको छ, ‘नेपालको संविधानले प्रत्याभूत गरेको बसोबासको मौलिक हक, मानवीय मर्यादा, सामाजिक न्याय र मानवअधिकारसँग प्रत्यक्ष जोडिएको गम्भीर विषय भएकाले वास्तविक सुकुमवासीको पहिचान गरी उचित र दीर्घकालीन व्यवस्थापन गर्न उज्यालो नेपाल पार्टी जोडदार माग गर्दछ।’

सबै सरोकारवाला पक्ष- सरकार, स्थानीय तह, नागरिक समाज र सुकुमवासी समुदायलाई संवेदनशील भई संवाद र सहमतिको माध्यमबाट समस्या समाधान गर्न पार्टीले आह्वान गरेको छ ।

 


प्रतिकृया दिनुहोस्