Skip

Hamro Sanchar

सशस्त्रका ६ जना एसएसपीलाई डीआईजीमा बढुवा गर्न सिफारिस

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १२ गते


१२ बैशाख, काठमाडौँ । सशस्त्र प्रहरी बलका ६ जना वरिष्ठ उपरिक्षक (एसएसपी)हरूलाई नायव महानिरीक्षक (डीआईजी) मा बढुवा गर्न सिफारिस गरिएको छ ।

शुक्रबार बसेको बढुवा समितिले डीआईजी बढुवा सिफारिस सूची प्रकाशन गरेको हो ।

एक नम्बरमा दिगविजय सुवेदीलाई बढुवा सिफारिस गरिएको छ ।

गृह मन्त्रालयका सचिवको नेतृत्वमा बसेको बढुवा समितिको बैठकले किरण बस्नेत, माधवप्रसाद पौडेल, प्रवीण कँडेल, राजेश उप्रेती र नेत्र बहादुर कार्कीलाई डीआईजीमा बढुवा सिफारिस गरेको छ ।


प्रतिकृया दिनुहोस्