Skip

Hamro Sanchar

अहिले ७ बजेबाट भत्काइँदैछ थापाथलीको सुकुम्वासी बस्ती

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, १२ गते


११ बैशाख, काठमाडौं । सरकारले आज सुकुम्वासी बस्ती भत्काउदै छ । बिहान ७ बजेबाट थापाथलीको सुकुम्वासी बस्ती भत्काउन सुरु गर्ने सरकारले तयारी छ ।

आज र भोलि दुई दिन सबै भत्काएर सकाउने योजना छ । पहिलो चरणमा थापाथली, मनोहरा, सिनामंगल–गैरिगाउँ क्षेत्रका सुकुम्वासी बस्तीमा डोजर चलाउने तयारी छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौं र काठमाडौं महानगरपालिकाको समन्वयमा सुकुम्वासी बस्ती भत्काउन पाँचवटा डोजरसहित अन्तिम तयारी गरिएको छ ।

काठमाडौं महानगरपालिका नगर प्रहरी बलका अनुसार, बस्तीका घरटहरामा डोजर चलाइ साइट क्लियर गरिनेछ ।

प्रधानमन्त्री बालेन्द्र शाहले अतिक्रमणकारी र वास्तविक सुकुम्वासी पहिचान गरी वास्तविक सुकुम्वासीलाई जग्गा वितरण गर्ने प्रतिवद्वता जनाइसकेका छन् ।

नेपाल प्रहरीले बिहानैदेखि कडा सुरक्षा दिने महानगरले जनाएको छ ।


प्रतिकृया दिनुहोस्