
११ बैशाख, काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले अतिक्रमणकारी र वास्तविक सुकुम्बासी छुट्याउने बताएका छन् ।
आज सामाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै प्रधानमन्त्री शाहले अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने र देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्ने बताएका हुन् ।
प्रधानमन्त्री शाहले वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान सरकारले गर्ने पनि बताएका छन् । काठमाडौंका खोला किनार बाहेक अरू हजारौँ परिवार छन्, जो वास्तवमै पीडित छन् । अनि देशभर लाखौँ सुकुम्बासी छन् । त्यहाँको र यहाँको समस्या बिल्कुलै फरक हो । हामी सरकारमा छौँस अतिक्रमणकारी र सुकुम्बासी छुट्याउने नै छौँ । देशभरका वास्तविक सुकुम्बासीका लागि प्रक्रिया पुर्याएर यथाशक्य चाँडो जग्गा वितरण गर्नेछौँ । वर्षौँ पुरानो यो समस्याको स्थायी समाधान यो सरकारले गर्नेछ,उनले फेसबुकमा लेखेका छन् ।
उनले चुनावी प्रचारका दौरामा झापामा गरेको वाचा तथा ‘सरकारका १०० वटा गर्नै पर्ने कामका बारेमा स्मरण गराउँदै वाचा पूरा गर्न आन्तरिक रूपमा तयारी गरिरहेको बताएका छन् ।
मैले उम्मेदवारका रूपमा झापामा गरेको वाचा, वरिष्ठ नेताका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीको वाचापत्रमा लेखिएको प्रतिबद्धता अनि प्रधानमन्त्रीका रूपमा छानिएका ‘सरकारका १०० वटा गर्नै पर्ने काम’ ९सुकुम्बासी व्यवस्थापन बुँदा ९१ र सरकारी जग्गा अतिक्रमण तथा कब्जा रोक्ने बुँदा ९२० हामीले बिर्सिएका छैनौँ । ती वाचा पूरा गर्न हामी आन्तरिक रूपमा तयारी गरिरहेका छौँ, उनले लेखका छन् ।
प्रधानमन्त्री शाहले काठमाडौं उपत्यकाका नदी किनारमा बसोबास गर्दै आएका जोखिमपूर्ण बस्तीहरूको दीर्घकालीन समाधानका लागि सुरक्षित स्थानान्तरण आवश्यक रहेको बताए ।
थापाथलीस्थित सुकुम्बासी बस्ती हटाउनुअघि उनले वर्षौँदेखि दोहोरिँदै आएको बाढीको समस्या सधैँका लागि अन्त्य गर्नुपर्ने उनको भनाइ छ ।
नदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेको प्रधानमन्त्री शाहले बताएका छन् ।
ुनदी र खोला किनारमा रहेका यस्ता बस्तीहरूका कारण ढल निकास प्रणाली निर्माणमा अवरोध पुग्दा उपत्यका नै फोहोर र नदीखोलाहरू दुर्गन्धित भइरहेका छन् । यो स्थानान्तरणले काठमाडौँको ढल निकास प्रणालीलाई सहज बनाउनेछ,उनले लेखेका छन्, यी विविध कारणले नै थापाथली, गैरीगाउँ अनि मनोहरालगायत काठमाडौँका खोला किनारमा जोखिमपूर्ण अवस्थामा रहेका उहाँहरूलाई बल प्रयोग नगरी, मानवीयतालाई ख्याल गर्दै सुरक्षित रूपमा स्थानान्तरण गर्न लागिएको हो ।















