Skip

Hamro Sanchar

कांग्रेसको संसदीय दलको नेताको निर्वाचन स्थगित

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ११ गते


११ बैशाख, काठमाडौंं । नेपाली कांग्रेस संसदीय दलको चुनाव स्थगित भएको छ ।

आज सानेपामा बसेको कांग्रेस कार्यसम्पादन समितिको बैठकबाट उपसभापति विश्वप्रकाश शर्माको नेतृत्वमा चार सदस्यीय कार्यदल बनाइएपछि तत्काललाई निर्वाचन स्थगन गरिएको हो ।

कार्यसम्पादन समिति बैठकबाट शर्माको नेतृत्वमा दुई उपसभापति र दुई महामन्त्री रहेको कार्यदल बनाइएको छ ।

अब कार्यदलले सर्वसम्मतिका निम्ति ‘होमवर्क’ गरेपछि सहमतिमा नटुंगिए मात्र चुनावी कार्यतालिकामा जाने निर्वाचन समितिका संयोजक प्रकाश रसाइली स्नेहीले बताए ।


प्रतिकृया दिनुहोस्