Skip

Hamro Sanchar

रास्वपा कार्यालय घेर्न पुगे सुकुम्बासी, सुरक्षा व्यवस्था कडा

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ११ गते


११ बैशाख, काठमाडौं । बालेन साह नेतृत्वको सरकारले उपत्यकाका नदी किनारमा रहेका सुकुम्बासी बस्ती खाली गर्ने तयारी गरेपछि स्थानीयहरू आन्दोलित भएका छन् ।

डोजर चलाउने निर्णय रोक्न माग गर्दै सुकुम्बासीहरू आज राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पार्टी कार्यालय घेर्न पुगेका हुन् ।

प्रदर्शनको सम्भावित तनावलाई ध्यानमा राख्दै कार्यालय परिसरमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति रहेको छ र सुरक्षा व्यवस्था कडा पारिएको छ ।

सरकारको निर्देशनअनुसार प्रहरीले बिहीबार साँझदेखि नै प्रभावित क्षेत्रमा माइकिङ सुरु गरेको थियो ।

 


प्रतिकृया दिनुहोस्