Skip

Hamro Sanchar

पूर्वराजा शाह किन पुगे पोखरा ? गरियो भव्य स्वागत

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ११ गते


११ बैशाख, काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह अज पोखरा पुगेका छन् । व्यक्तिगत भ्रमणको लागी पूर्वराजा शाह पोखरा गएका हुन् ।

उनलाई स्वागत गर्न पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाहिर समर्थकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

स्वागतका लागि उपस्थित भएका समर्थकहरूले राष्ट्रिय झण्डा प्रदर्शन गर्दै पूर्वराजाको पक्षमा जयजयकार समेत गरेका थिए।

उनलाई पञ्चेबाजा र पुष्पगुच्छाले स्थानीयले भव्य स्वागत गरेका छन् ।

पूर्वराजा शाह पोखरा भ्रमणका क्रममा केही दिन त्यहाँका विभिन्न धार्मिक स्थलहरूको भ्रमण गर्ने र स्थानीय नागरिक समाजका प्रतिनिधिहरूसँग भेटघाट गर्ने कार्यक्रम रहेको बताइएको छ ।

 


प्रतिकृया दिनुहोस्