
११ बैशाख, काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बेठक बसिरहेको छ ।
पार्टी मुख्यालय सानेपामा बैठक जारी बैठकमा पार्टीको संसदीय दलको नेता चयनको विषयमा छलफल हुनेछ ।कांग्रेसले आज संसदीय दलको नेता चयन गर्दै छ ।
निर्वाचन समितिले प्रकाशन गरेको तालिकाअनुसार संसदीय दलको नेता चयनका लागि आज अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
अपराह्न ४ः४० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र साँझ ५ बजेटबाट मतदान सुरु हुनेछ ।













