Skip

Hamro Sanchar

कांग्रेसले आज संसदीय दलको नेता चुन्दै, चुनाव हुँदै

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ११ गते


११ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले आज निर्वाचन प्रक्रियामार्फत संसदीय दलको नेता छान्दैछ।

संसदीय दलको नेता चयनका लागि आज अपराह्न ३ बजेदेखि उम्मेदवारी दर्ताको समय तोकिएको छ।

अपराह्न ४ः ४० बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गरिने र साँझ ५ बजेटबाट मतदान सुरु हुने कांग्रेसले जनाएको छ।

संसदीय दल नेताको चयन गर्न गठित निर्वाचन समितिले हिजो मात्रै संसदीय दलको विधान पारित गरेको थियो।

गत फागुन २१ को निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिकबाट ३८ सिट जितेको छ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने सबै दलले संसदीय दलको नेता चयन गरे पनि सहमित हुन नसक्दा कांग्रेसले अझै नेता चयन गर्न सकेको छैन।

 


प्रतिकृया दिनुहोस्