Skip

Hamro Sanchar

व्यापारीद्वय दीपक भट्ट र सुलभ अग्रवाल सात दिन थुनामै रहने

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


९ बैशाख, काठमाडौं । सम्पत्ति शुद्धीकरणको मुद्दामा हिरासतमा रहेका व्यापारीद्वय दीपक भट्ट र सुलभ अग्रवालको सात दिन म्याद थप भएको छ ।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले दुवैजनालाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

“अनुसन्धान गर्ने निकायको तर्फबाट उपस्थित अनुसन्धान अधिकृतले प्रस्तुत मुद्दाको अनुसन्धान कार्य अन्तिम चरणमा पुगेको, सम्पत्ति शुद्धीकरणको कसुर मा जोडिएको बिमा ऐन र धितोपत्र ऐन अन्तर्गतको सम्बद्ध कसुरको अनुसन्धान गर्न, राय प्रतिवेदन तयार गर्नको लागि म्याद थप आवश्यक परेको भनी माग गरेको देखिँदा बाँकी अनुसन्धान कार्य पुरा गरी, राय प्रतिवेदन तयार गरी अभियोगपत्र समेत दायर गर्ने प्रयोजनका लागि आरोपीहरू दिपक भट्ट र सुलभ अग्रवाललाई मिति २०८३र१र९ गते देखि लागू हुने गरी सम्पत्ति शुद्धीकरण निवारण ऐन, २०६४ को दफा १७ को उपदफा (४) समेतका आधारमा दिन ७ (सात) म्याद थप गरिदिएको छ ।”

भट्ट र अग्रवालका तर्फबाट वरिष्ठ अधिवक्ताहरु कृष्णप्रसाद सापकोटा, सविता भण्डारी बराल, लभकुमार मैनाली, सुरेन्द्रकुमार महतो र अधिवक्ताहरू रमणकुमार कर्ण, समिरकुमार शर्मा र भावेश गौतमले बहस गरेका थिए ।

उनीहरूमाथि बिमा ऐन र धितोपत्र ऐन अनुसारको अनुसन्धान मात्र बाँकी रहेको जानकारी अदालतमा गराइएको छ ।


प्रतिकृया दिनुहोस्