Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

गृहमन्त्री गुरुङको राजीनामा प्रचण्डको प्रतिक्रिया : जे गर्नुभयो, राम्रो गर्नुभयो

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


Advertisement

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी ९नेकपा० का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गृहमन्त्री सुदन गुरुङ ले दिएको राजीनामालाई सकारात्मक रूपमा लिएका छन्।

बुधबार पार्टी कार्यालय पेरिसडाँडामा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले गृहमन्त्री गुरुङको राजीनामाबारे संक्षिप्त प्रतिक्रिया दिँदै भने, “उहाँले जे गर्नुभयो, राम्रो गर्नुभयो।”

गुरुङ पछिल्लो समय सम्पत्ति र सेयर कारोबारसँग सम्बन्धित विवादमा तानिएका थिए। सोही विषयमा चौतर्फी आलोचना बढेपछि उनले बुधबार नैतिक जिम्मेवारी लिँदै गृहमन्त्री पदबाट राजीनामा दिएका हुन्।

प्रचण्डको उक्त प्रतिक्रिया राजीनामालाई समर्थन गर्ने संकेतका रूपमा व्याख्या गरिएको छ। राजनीतिक वृत्तमा यसले उत्तरदायित्व र नैतिकताको विषयमा नयाँ बहसलाई पनि बल दिएको छ।

गुरुङको राजीनामापछि सरकारको आन्तरिक व्यवस्थापन, छानबिन प्रक्रिया र आगामी नेतृत्वबारे चासो बढिरहेको छ।


प्रतिकृया दिनुहोस्