Skip
आज : २०८३ आश्विन १८ गतेPreeti to UnicodeUnicode to PreetiRoman to UnicodeDate Converter

Hamro Sanchar

५ वर्षसम्म जेल सजाय माग गर्दै दुर्गा प्रसाईंविरुद्ध मुद्दा दर्ता, यस्तो छ कारण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ९ गते


Advertisement

९ बैशाख, काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंविरुद्ध काठमाडौँ जिल्ला अदालतमा मुद्दा दर्ता भएको छ ।

निर्वाचनअघि दिएको अभिव्यक्तिका आधारमा जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले उनीविरुद्ध विद्युतीय (इलेक्ट्रोनिक)कारोबार ऐनअन्तर्गतको कसुरमा बुधबार मुद्दा दर्ता गरेको हो

प्रसाईंलाई विद्युतीय कारोबार ऐन, २०६३ को दफा ४७ बमोजिम सजाय गर्न माग गरिएको छ । उक्त दफाअनुसार, कसुर प्रमाणित भए एक लाखसम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुन्छ ।
दफा ४७ ९२० अनुसार, कसुर दोहोरिँदा थप सजाय हुने व्यवस्था छ ।

प्रसाईंविरुद्धको मुद्दामा पटकपटक यस्तो कसुर गरेको देखिएकाले थप सजाय र अपराध पीडित संरक्षण ऐन, २०७५ बमोजिम पीडित राहत कोषमा क्षतिपूर्ति शुल्क भराउनसमेत माग गरिएको छ ।

प्रसाईंले सामाजिक सञ्जाल फेसबुकमार्फत आगामी गत फागुन २१ मा सम्पन्न निर्वाचनबारे भ्रामक र उत्तेजक अभिव्यक्ति दिएको अभियोगपत्रमा उल्लेख छ ।

उनले निर्वाचनविरुद्ध बोलेको, ‘निर्वाचन गरिए देश टुक्रिन्छ’ भन्दै वैमनस्यता फैलाउन खोजेको र निर्वाचन आचारसंहिता ०८२ को उल्लंघन गरेको प्रहरी अनुसन्धानले देखाएको छ ।

प्रसाईंले निर्वाचनअघि राजसंस्था र हिन्दू राज्य कायम नभएसम्म चुनाव हुन नदिने र चुनाव भएमा देशमा अशान्ति मच्चिने दाबी गरेका थिए । त्यस्ता अभिव्यक्तिका भिडियो फेसबुकसहित सामाजिक सञ्जालमा पोस्ट गरेका प्रसाईंले ‘मर्न र मार्न तयार हुने’ र जबर्जस्ती चुनाव गरे ‘देश टुक्रिन सक्ने’ उत्तेजक र हिंसात्मक अभिव्यक्ति दिएको दाबी गरिएको छ ।

प्रसाईंले तत्कालीन प्रधानमन्त्री सुशीला कार्कीसँग समेत वार्ता गरेका थिए । तर, उनले वार्ताका क्रममा राजतन्त्र पुनर्स्थापनासहितका मुद्दा उठाएपछि वार्ता निष्कर्षविहीन बनेको थियो ।


प्रतिकृया दिनुहोस्