Skip

Hamro Sanchar

प्रधानमन्त्री बालेनले मागे  गृहमन्त्री गुरूङसँग लिखित स्पष्टीकरण

हाम्रो संचार संवाददाता प्रकाशित : २०८३ बैशाख, ८ गते


८ बैशाख, काठमाडौं । प्रधानमन्त्री बालेन शाहले गृहमन्त्री सुधन गुरूङ सँग औपचारिक रूपमा लिखित स्पष्टीकरण मागेका छन् ।

सम्पत्ति विवरणमा सेयर खरिदसम्बन्धी जानकारी नदेखाइएको विषय र हाल प्रहरी हिरासतमा रहेका व्यवसायी दीपक भट्ट सँग सम्भावित सम्बन्धको आशंकाले गृहमन्त्रीमाथि प्रश्न उठेपछि यो कदम चालिएको हो ।

आफ्नो पक्षमा गृहमन्त्री गुरूङले भने ऋण लिएर सेयर खरिद गरेको स्पष्ट पारेका छन्। प्रधानमन्त्री शाहको सचिवालयका अनुसार उक्त विषयमा ध्यानाकर्षण भइसकेको छ र आवश्यक विवरण मागिएको थियो ।

गृहमन्त्रीको सचिवालयले जानकारी दिएअनुसार उनले सोमबार साँझ करिब ६ बजे आफ्नो लिखित स्पष्टीकरण प्रधानमन्त्रीलाई बुझाइसकेका छन् ।


प्रतिकृया दिनुहोस्