
७ बैशाख, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले भ्रष्टाचारविरुद्ध कारबाही अगाडि बढाएपछि आफूमाथि नियोजित प्रहार भएको बताएका छन्।
सोमबार राति सामाजिक सञ्जालमार्फत उनले कारबाही नरोकिने चेतावनीसमेत दिएका छन् ।
उनले आफ्नाविरुद्ध मिडिया ट्रायल र प्रायोजित हल्ला फैलाइएको जिकिर गर्दै लेखेका छन्, कारबाही रोकिँदैन, डगमगाइँदैन । गुरुङले अगाडि भनेका छन्, दिनको ५० करोड भ्रष्टाचार गर्नेको पछाडि पनि यत्तिको दुःख गरेर लागेको देखिनँ।
बिचौलियासँग साँठगाँठ गरेको आरोप लगाउँदै राजीनामा मागिएपछि गृहमन्त्री गुरङको यस्तो टिप्पणी सार्वजनिक भएको हो ।














